१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षको तालाबन्दी, सेवाप्रवाह ठप्प



राज्यश्वोर मल्ल
मुगु, साउन २९

छायाँनाथ रारा नगरपालिकाका वडा अध्यक्षहरूले मेयर बिष्णु कुमार भाममाथि बजेट सभामा छलकपट गरेको आरोप लगाउँदै अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

आर्थिक वर्ष ०८२/०८३ को १७औं बजेट सभामा कुनै एजेन्डा प्रस्तुत नगरी छलकपटपूर्वक सभा सम्पन्न गरिएको भन्दै बुधबार १४ मध्ये ११ जना वडा अध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरे। तीन जना वडा अध्यक्ष जिल्ला बाहिर रहेका कारण सहभागी भएनन्।

वडा अध्यक्षहरूले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को उल्लंघन, वडा सचिव सरुवामा मिलेमतो, सामाजिक सुरक्षा भत्ता वितरणमा गडबडी, दैनिक कामकाज प्रभावित पार्ने तथा करार कर्मचारीको व्यवस्था नगरेको जस्ता आरोप लगाएका छन्।

मेयर भामले भने आरोपहरू निराधार भएको दाबी गर्दै सबै निर्णयमा वडा अध्यक्षकै हस्ताक्षर र भत्ता बुझिएको प्रमाण रहेको बताए। “सभा सकिएको एक हप्ता पछि ताला लगाउनु बेमौसमी बाजा हो,” उनले भने।

तालाबन्दीका कारण बुधबारदेखि नगरपालिकाको सेवा प्रवाह ठप्प भएको छ। प्रमुख जिल्ला अधिकारीको समन्वयमा बिहीबार बैठक बस्ने र समाधान खोज्ने तयारी भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले जानकारी दिए।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  ४ : ३० बजे