१४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्थापना दिवसमा सात पत्रकारलाई सम्मान



सरस्वती बुढा

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सात जना पत्रकारलाई सम्मान गरेको छ।

बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमार्फत विभिन्न शीर्षकमा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

यसअघि हरेक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कृत गर्ने परम्परा रहेपनि यसपटक सात जनालाई सम्मान गरिएको हो।

७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार कालिकोटका प्रेमराज सिमखाँडाले प्राप्त गरे। यस्तै, ५० हजार रुपैयाँ राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार सुर्खेतका प्रकाश पन्तलाई प्रदान गरिएको छ।

त्यसैगरी, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोटका हेमन्त केसी र सुर्खेतका ओम साहीले पाए।

३५ हजार रुपैयाँ राशिको कर्णाली समावेश पत्रकारिता पुरस्कार सुर्खेतकी सिर्जना बुढाथोकी र जुम्लाकी नौरती नेपालीलाई प्रदान गरिएको हो।

कार्यक्रममा वक्ताहरुले पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने परम्परा निरन्तर अघि बढाउँदै आएको बताए। साथै, आगामी दिनमा अझ समावेशी र दिगो पत्रकारिता विकासका लागि यो पहल महत्वपूर्ण हुने धारणा राखिएको थियो।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १२ : ०२ बजे