२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुदान रकम तत्काल दिन गगन थापाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत उखु किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गरेर घर फर्काउने वातावरण बनाउन आग्रह गरेका छन्।

महामन्त्री थापाले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भेट गरी किसानलाई सरकारले प्रतिज्ञा गरेको बिक्रीमा आधारित प्रोत्साहन अनुदान तुरुन्तै निकासा गर्न ध्यानाकर्षण गराएका हुन्।

उनका अनुसार चालु आर्थिक वर्ष ८२/८३ को बजेटमा उखु उत्पादक किसानलाई अनुदान दिन २ अर्ब रुपैयाँ छुट्याइएको छ, तर रकम नपाएर किसान सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ।

‘प्रति क्विन्टल ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया तत्काल अघि बढाउनुपर्छ,’ थापाले मन्त्रीलाई सुझाएका थिए।

थापाले किसानलाई कहिले आश्वासन दिने र कहिले फिर्ता गर्ने प्रवृत्ति रोक्न आवश्यक छ भन्दै, प्रधानमन्त्रीलाई पनि दीर्घकालीन समाधानतर्फ अग्रसर हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ८ : १२ बजे