९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजभोलिका हाँस्यव्यंग्य कार्यक्रम मर्यादित छैनन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हाँस्यव्यंग्य कार्यक्रमहरूमा सहभागी हुन छाडेको बताएका छन्।

उनको भनाइमा, पछिल्ला दिनमा हाँस्यव्यंग्यमा मर्यादित भाषाको प्रयोग नभएकाले यस्तो अवस्था आएको हो।

शुक्रबार काठमाडौंमा कवि विसुकुमार केसीको कविता संग्रह ‘पागल हुन कहाँ सजिलो छ र?’ को विमोचन समारोहमा बोल्दै उनले व्यंग्य चेत सम्बन्धित पक्षले आत्मसात गर्न सक्ने खालको हुनुपर्ने बताएका हुन्।

“चोटिला प्रश्नहरू गर्दा पनि मर्यादाभित्र रहेर गर्नुपर्छ। प्रश्न धारिलो हुन्छ, चोटिलो हुन्छ, तर जसलाई सोधिएको हो उसले ग्रहण गर्न सक्ने खालको हुनुपर्छ। अहिलेका हाँस्यव्यंग्य कार्यक्रममा भने मानिसलाई भाग्नुपर्ने अवस्था सिर्जना हुन्छ, जसको कुनै अर्थ रहँदैन,” थापाले भने।

उनले गाईजात्राको उदाहरण दिँदै व्यंग्य चेतले समाजलाई सोच्न बाध्य बनाउनुपर्ने बताए।
“पहिलाको गाईजात्रामा व्यंग्य भएको देखिन्थ्यो। कवितामा पनि नेता, समाज, बुवा–आमा, छोरा–दाइ सबैलाई प्रश्न हुन्छ। तर त्यसलाई मिठासका साथ पस्कन सक्नुपर्छ,” उनले थपे।

महामन्त्री थापाले साहित्यले समाजका विभिन्न क्षेत्रमाथि गरिएको व्यंग्य र प्रहार मर्यादित भए मात्र त्यसले सुधारतर्फ ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे।

— न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : २८ बजे