२० भाद्र २०८२, शनिबार | Sat Sep 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार



ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । आज बिहान ७ : १५ बजेतिर कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री राम राना चढ्ने गाडीले ठक्कर दिँदा हरिसिद्धीकि ११ वर्षीष बालिका उषा सुनुवार घाइते भएकी छन् । 

उनको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । तर ठक्कर दिएर मन्त्रीको गाडी सम्पर्कविहीन भएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

उनीहरूले सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा आम नागरिकसँगै एमाले विधान महाधिवेशनमा जाने प्रतिनिधिहरू पनि समस्यामा परेका छन् । अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच २८ नम्बर वडा कार्यालयमा वार्ता भइरहेको छ । 

प्रकाशित मिति : २० भाद्र २०८२, शनिबार  ९ : ५६ बजे