१४ आश्विन २०८२, बुधबार | Wed Oct 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्कीले दशैंमा टीका नलगाउने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष बडादशैंमा टीका नलगाउने घोषणा गरेकी छन्।

बडादशैं परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइने भए पनि हालैको जेनजी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको र धेरै घाइते भएको पीडा अझै ताजा भएकाले प्रधानमन्त्रीले टीका नलगाउने निर्णय गरेकी हुन्।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार, यस संवेदनशील अवस्थामा प्रधानमन्त्रीले आफैं टीका नलगाउने मात्र नभई सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको सूचनामा दशैंलाई सहानुभूति, ऐक्यबद्धता र एक अर्काको पीडा बाँड्ने अवसरको रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८२, बुधबार  ७ : ४६ बजे