५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपक खड्का भन्छन् “मसँग दसैंका लागि ल्याएको नयाँ नोटहरू थिए



काठमाडौं । घरबाट नगद फेला परेको घटनापछि नेपाली कांग्रेसका सांसद दीपक खड्काले उक्त रकम दसैं खर्चका लागि मात्र ल्याएर राखिएको दाबी गरेका छन्।

उनका अनुसार बरामद भएको पैसा २० र ५० रुपैयाँका नयाँ नोटका बन्डल हुन्, जसलाई उनले दसैंका लागि ल्याएर राखेका थिए।
खड्काले भने,
“मैले दसैंका लागि ल्याएको पैसा थियो। २० र ५० का नयाँ नोटहरू थिए। त्यसका एकएकवटा बन्डल ल्याएर फुर्र उडाएर सँगसँगै फोटो खिचिरहेका थिए।”

उनी भन्छन्, आफू व्यापारी पृष्ठभूमिबाट आएको र केही लाख रुपैयाँ आफ्नै प्रयोजनका लागि राख्नु अस्वाभाविक नभएको हो।
उनले थपे,
“दीपक खड्कासँग दुई चार लाख पैसा नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ? मेरो पृष्ठभूमि हेर्नुभाछ? संगत गर्नुभाछ? मेरो जे व्यवसायिक संरचना छन्, ती मन्त्री हुनु र राजनीति गर्नुभन्दा पहिल्यै तयार भएका थिए।”

खड्काको यो स्पष्टीकरण आन्दोलनकारीहरूले उनको घरबाट नगद फेला परेको भन्दै भिडियो सार्वजनिक गरेपछि आएको हो।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : १४ बजे