९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा ब्राउन सुगर सहित एक जना पक्राउ



सरस्वती बुढा, सुर्खेत

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ स्थित क्षेत्रमा प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार गुप्त सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले गरेको अपरेशनमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना युवक पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उक्त युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति बाँके जिल्ला, खजुरा गाउँपालिका–८ स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ बसोबास गर्दै आएका २३ वर्षीय सद्दाम हुसेन हुन् ।

प्रहरीले दिएको जानकारीअनुसार हुसेनलाई शंकास्पद अवस्थामै फेला पारी शारीरिक जाँच तथा घर खानतलासी गर्दा उनको साथबाट करिब २ ग्राम ६५० मिलिग्राम (२.६५ ग्राम) लागुऔषध ब्राउन सुगर बरामद भएको हो ।

बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र लागुऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको छ ।

प्रहरीले सुर्खेत क्षेत्रमा पछिल्लो समय बढ्दो लागुऔषध कारोबारलाई नियन्त्रण गर्न विशेष अपरेशन सञ्चालन गर्दै आएको जनाएको छ । प्रहरीले सर्वसाधारणलाई लागुऔषध सम्बन्धी जानकारी दिनुका साथै शंका लाग्ने गतिविधि देखिएमा तत्काल सूचित गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ५३ बजे