९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन र चाँदी दुवै हालसम्मकै उच्च, अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ उचाइ




काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि गत सोमबार सुनले प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो, जुन ठीक एक सातामै तोडिएको हो।

चाँदीको मूल्य पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाली समय अनुसार बिहान ०:५० बजे, सुन प्रतिऔंस ४ हजार ३९७ अमेरिकी डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ५८ बजे