काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। यसअघि गत सोमबार सुनले प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो, जुन ठीक एक सातामै तोडिएको हो।
चाँदीको मूल्य पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाली समय अनुसार बिहान १०:५० बजे, सुन प्रतिऔंस ४ हजार ३९७ अमेरिकी डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ।









प्रतिक्रिया