१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गालाई भाषण होइन, बुझाइ चाहिन्छ : कुमार लुइँटेल



काठमाडौँ । ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कुमार लुइँटेलले नेतृत्वको शैलीमै फरक सन्देश अघि सारेका छन्। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले “नेता धेरै बोल्ने होइन, जनताको कुरा सुन्ने हुनुपर्छ” भन्ने धारणा राख्दै चुनावी अभियानलाई जनसंवाद केन्द्रित बनाएका छन्।

पछिल्लो समय गाउँ–गाउँ पुगेर किसान, युवा, महिला र ज्येष्ठ नागरिकका समस्या प्रत्यक्ष सुन्दै हिँडिरहेका लुइँटेललाई जनमुखी र सुन्ने नेतृत्वका रूपमा हेरिन थालिएको छ। विकास, रोजगारी, शिक्षा र आधारभूत सेवाका मुद्दा समाधानका लागि भाषणभन्दा बुझाइ र संवाद आवश्यक रहेको उनको जोड छ।

कांग्रेसले पनि घरदैलो, साना भेला र अन्तरक्रियामार्फत जनताका आवाज एजेन्डामा समेट्ने रणनीति लिएको जनाएको छ। यसपटक ओखलढुङ्गाको चुनाव केवल प्रतिस्पर्धा नभई कस्तो नेतृत्व रोज्ने भन्ने जनमतको परीक्षा बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १२ : २३ बजे