१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी



निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ। ‘मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने हाम्रो योजना छ,’ उनले भने। समानुपातिकतर्फ भने एकदुई दिन लाग्न सक्ने जनाइएको छ।

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको र हाल कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ। मतदान फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने तालिका छ। बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने तालिका छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ८ : ५१ बजे