१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीमा गुरूङ चयन, अर्याल सभामुख बन्ने सहमति



काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा सुधन गुरूङ गृहमन्त्री नियुक्त भएका छन् । गृहमन्त्री चयन प्रक्रिया अन्तिम समयसम्म विवादमा रहे पनि प्रधानमन्त्रीको अडानपछि गुरूङको नाममा सहमति जुटेको हो ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सुरुवाती रूपमा गृहमन्त्रीका लागि उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री सुनिल लम्साल को नाम चर्चामा थियो । पार्टी सभापति रवि लामिछाने ले अर्याललाई नै गृहमन्त्री बनाउन चाहेका थिए ।

तर प्रधानमन्त्री शाह भने सुरुदेखि नै लम्साल वा गुरूङमध्ये एकलाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा थिए । प्रारम्भमा लम्सालको नाम अगाडि सारिए पनि सहमति जुट्न नसकेपछि गुरूङको नाममा छलफल भएको बताइएको छ ।

बिहीबार बेलुकी भएको छलफलमा प्रधानमन्त्री शाहले गुरूङकै पक्षमा अडान लिएपछि अन्ततः उनको नाममा सहमति जुटेको स्रोतले जनाएको छ । जेनजी आन्दोलनको भावना समेट्न गुरूङ उपयुक्त हुने प्रधानमन्त्रीको तर्क रहेको थियो ।

गोरखा–१ बाट निर्वाचित गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये एक मानिन्छन् । उनी ‘हामी नेपाल’ का संस्थापक अध्यक्षसमेत हुन् र २०७२ को भूकम्पपछि सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।

गृहमन्त्री नियुक्तिसँगै उपसभापति अर्याललाई सभामुख बनाउने समझदारी भएको छ । यस्तै, कविन्द्र बुर्लाकोटी मुख्य सचेतक र निशा डाँगी सचेतक बन्ने तयारी भएको छ ।

यसअघि गृहमन्त्रीको चर्चामा रहेका लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका छन् । स्ट्रक्चरल इन्जिनियर रहेका लम्साल पूर्वाधार विकासमा विज्ञ मानिन्छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ९ : १२ बजे