११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेरबहादुर र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो।

गत वैशाख १८ गते जारी भएको नयाँ अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेर्ने मुद्दाहरूको सुनुवाइ विशेष अदालतबाट हुनुपर्ने कानुनी व्यवस्था छ। तर, क्षेत्राधिकार बाहिर गई विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्चले सो पुर्जीको आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न/नगराउन आदेश दिएको हो।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ७ : ३१ बजे