९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रजात्राको मुख्य दिन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट



काठमाडौं । इन्द्रजात्राको मुख्य दिन आज वसन्तपुर दरबार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ । जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत वसन्तपुर पुगेका छन् ।

राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ । मुख्य दिनको रथयात्रा केही बेरमा सुरु हुने जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र साह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेकाले यसपटकको इन्द्रजात्रामा उपस्थित छैनन् ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ३ : ५७ बजे