२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वी राजमार्गको गलौदी सडक आज खुलाउने तयारी



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदी सडकखण्ड आज शनिबार अपराह्नसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त सडकखण्ड मर्मत गरी सञ्चालनमा ल्याउन सडक विभागले काम अघि बढाएको छ।

सडक विभागका अनुसार स्थानीय तहसँग छलफलपछि सडकको भासिएको भाग कटान गरी सडक मिलाउने ‘ब्याक कटिङ’को काम सुरु गरिएको छ। काममा कुनै समस्या नआए करिब आठ घण्टाभित्र अर्थात् अपराह्न ४ बजेसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

विभागले यसअघि स्थानीय तहबाट अवरोध भएका कारण ब्याक कटिङको काम सुरु गर्न नसकिएको पनि जनाएको छ।

गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ११ : ०१ बजे