२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास बजेट खर्च सुधारका लागि कर्णाली प्रदेशको तयारी



सरस्वती बुढा

सुर्खेत, २६ गते साउन

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२ /८३ मा विकास बजेटको कार्यान्वयनमा देखेको सुस्त गतिलाई सुधार गर्ने तयारी गरेको छ। समयमै सम्पन्न हुन नसक्ने योजनामा बजेट केन्द्रित गर्ने र ढिलाई प्रगति भएका वा सुरु नै नभएका योजनाबाट रकम कटौती गर्ने निर्णय गरेको हो।

अघिल्लो आर्थिक वर्षमा प्रदेशको कुल विकास बजेटको ६८.५२% मात्र खर्च भएको थियो। पूँजीगत खर्चको अवस्था अझ कमजोर रहेको, जसमा जम्मा ४८.१३% खर्च भयो। यो अवस्था दोहोरिन नदिने यस वर्ष सरकारले प्राथमिकता परियोजना पहिचान गरी छिटो सम्पन्न गर्न सक्ने योजनामा स्रोत केन्द्रित गर्न लागेको हो।

प्रदेश योजना आयोगका अनुसार, बजेट खर्चको गुणस्तर वृद्धि, उत्पादन र आम्दानी बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता रहेको छ। त्यसका लागि आवश्यक ढिलाई, प्राविधिक समस्या, डिजाइन स्वीकृति नपुगेका तथा कानुनी जटिलता भएका योजनाहरूको रकम कटौती गरी आवश्यक परियोजनामा सारिनेछ।

सरकारले यस वर्ष ८०% भन्दा बढी प्राथमिकता योजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ। साथै, खर्चको गति बढाउन मन्त्रालय र सम्बन्धित निकायलाई नियमित प्रगति अनुगमन गर्ने निर्देशन दिएको हो।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ३२ बजे