राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन गर्न गठित विशेष समितिले जिम्मेवार ठहर गरेपछि राजीनामा दिने तयारी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्नका लागि खतिवडाले सभामुख देवराज घिमिरेसँग समय मागेका छन्। सोही दिन उनले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग पनि छलफल गरेका थिए।
विशेष छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई यस घटनामा जिम्मेवार ठहराउँदै किटान गरेको थियो।
प्रतिवेदन अनुसार, सभापति खतिवडाले ‘परिमार्जित मस्यौदा प्रतिवेदन सदस्यहरूलाई देखाई छलफल नगरी अनौपचारिक रूपमा मिति २०८२/०२/१३ मा समितिमा पेश गरेको’ पाइएपछि उनको समन्वयकारी भूमिकामा कमजोरी देखिएको उल्लेख छ। साथै, कानुनी हिसाबले हस्ताक्षरकर्ताको रूपमा रहेको भएपनि सभापतिले जिम्मेवारीपुर्ण भूमिका निर्वाह नगरेको पनि प्रतिवेदनमा भनिएको छ।
सचिव सुरजकुमार दुरालाई पनि बैठकमा भूमिका भए पनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको र जिम्मेवार पदाधिकारीहरूले सार्वजनिक रूपमा लबिङ गर्नुपर्ने कार्य नगर्नु अनुचित भएको प्रतिवेदनले जनाएको छ।
छानबिन समितिको प्रतिवेदनले ‘कुलिङ अफ पिरियड’ विषयमा सार्वजनिक रूपमा विपक्षमा देखिनु सभापति र अन्य पदाधिकारीहरूको पदय व्यवहारका लागि शोभनीय नभएको समेत औंल्याएको छ।
प्रतिक्रिया