काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गतेदेखि काठमाडौंमा हुने ‘नाडा अटो शो २०२५’ उद्घाटन गर्ने भएका छन्।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो अटो शोको प्रमुख अतिथि बन्दै उद्घाटन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्।
५०औं वार्षिकोत्सव मनाउँदै गरेको नाडाले यस वर्ष १७औं संस्करणको अटो शो भदौ ३ देखि ८ गतेसम्म भृकुटी मण्डपमा आयोजना गर्दैछ। अध्यक्ष चौधरीका अनुसार कार्यक्रममा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारीसाधनका ब्रान्ड सहभागी हुनेछन्।
यस संस्करणमा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान, भिन्टेज मोटर शो, पहिलोपटक नेपालमा देखाइने UNITREE रोबोट्स र Deepal eVTOL UAV जस्ता प्रविधि मुख्य आकर्षण हुनेछन्।
भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय सदस्य मेघराज पौडेल उपस्थित थिए।
प्रतिक्रिया