काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता बिरेन्द्र केसीले बिहीबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।
जनता समाजवादी पार्टी, नेपालले गत असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। समर्थन फिर्ता गरेको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको हो।
रिट निवेदनमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ।
संविधानको धारा १०० अनुसार प्रतिनिधिसभामा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था छ। त्यस्तै, धारा ७६ (२) अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिईसक्नुपर्ने प्रावधान छ।
प्रतिक्रिया