१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु



गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अघिकारीले बताए ।

बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमाल शुक्रबार बिहान इस्मा–२ छल्दी खोला किनारमा मृत फेला परेका थिए । स्थानीय माछा मार्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट खटिएको टोलीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि तम्घास पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ४७ बजे