१३ भाद्र २०८२, शनिबार | Sat Aug 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्चस्तरीय प्रतिनिधि टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान चीन प्रस्थान गर्दैछन्।
उनले सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन्।

नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार रहँदै आएको छ। पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ।

भदौ १६ गते थियानजिनमा हुने ‘एससिओ प्लस’ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन हुने भएको छ। त्यसपछि उनी बेइजिङ प्रस्थान गर्नेछन्। रूसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता हुने कार्यक्रमसमेत तय भएको छ।

भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव समारोहमा पनि नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। सो कार्यक्रममा ५० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्।

भ्रमण टोली
प्रधानमन्त्री ओलीसहितको भ्रमण टोलीमा—

  • राधिका शाक्य
  • पूर्व उपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे
  • प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा
  • पूर्वमन्त्री एवम् सांसद छबिलाल विश्वकर्मा
  • नेपाल सरकारका अन्य उच्चपदस्थ कर्मचारीहरू

प्रकाशित मिति : १३ भाद्र २०८२, शनिबार  ७ : १६ बजे