१७ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षाले चार दिन अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा



सरस्वती बुढा

सुर्खेत। अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ।

भदौ १४ गते बिहान ९ बजेदेखि कालिकोटको गगने खोलामा ठूलो पहिरो खस्दा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा २३ वटा ट्रक बाटोमै अलपत्र परेका थिए। तीन ट्रकमा झण्डै १३ करोड रुपैयाँ बराबरका ४१५ मेटि्कटनभन्दा बढी नुन, चामल लगायतका सामग्री लोड गरिएको थियो। लामो समयसम्म सडक अवरुद्ध हुँदा व्यापारीहरूले ठूलो क्षतिको सामना गर्नुपर्ने जोखिम बढेको थियो।

मङ्गलबार दिउँसो १२:४० बजेदेखि राजमार्ग सञ्चालनमा आएपछि सात दिनदेखि रोकिएका ट्रक सुर्खेत, नेपालगञ्ज लगायतका गन्तव्यतर्फ गएका छन् ट्रक सञ्चालनमा आएपछि किसान र व्यापारीले खुसी व्यक्त गरेका छन्।

डोजर र फोर्कलिफ्ट प्रयोग गर्दा पनि पहिरो हटाउन नसकेपछि नेपाली सेनाले ब्लास्ट गरेर राजमार्ग खुलाएको हो। तर वर्षका कारण सोमबारसम्म पनि काम प्रभावित भएको थियो।

सडक डिभिजन वन जुम्लाका प्रमुख जितेन्द्र चौधरीका अनुसार कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन स्थानीय प्रशासन, प्रहरी र नेपाली सेनासहित सबै जनशक्तिको परिचालन गरिएको हो। उनले मौसम प्रतिकूलता, भौगोलिक कठिनाइ र स्रोत साधनको अभावका कारण सडक चाँडै खुलाउन नसकिएको बताए।

राजमार्ग खुलाउन ७ अलपत्र परेका ट्रक गन्तव्यतर्फ लागेपछि किसान र व्यापारीले रात महसुस गरेका छन् । उनीहरुले हरेक वर्ष स्याउ सिर्जना मै राजमार्ग अवरुद्ध हुने समस्या दोहोरिने भएकाले दीर्घकालीन समाधानको माग पनि गरेका छन्।

चौधरीका अनुसार अझै वर्षा जारी रहेकाले कर्णाली राजमार्गमा पहिरोको जोखिम कायमै छ। आवश्यक नपरी कर्णाली यात्रामा ननिस्किन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, मंगलबार  ८ : ३३ बजे