११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको निर्णयपछि सम्पर्कमा आयो मेटा, छिट्टै दर्ता प्रक्रिया अघि बढाउने संकेत



काठमाडौं। फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सामाजिक सञ्जाल प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ।

बिहीबार सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरस्थित मेटाका प्रतिनिधि सञ्चार मन्त्रालयसँग सम्पर्कमा आएका हुन्।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्री पृथ्वी सुब्बा गुरुङका सल्लाहकार शालिग्राम पराजुलीसँग सम्पर्क गरेर सरकारले ल्याउन लागेको व्यवस्थाबारे जानकारी लिएका छन्। साथै, नेपालमा दर्ताका लागि आवश्यक पर्ने कागजात र प्रक्रिया बारे सोधखोज गरेको र मन्त्रालयले इमेलमार्फत सबै विवरण पठाइसकेको उनले राष्ट्र सरोकारलाई जानकारी दिए।

‘अब चाँडै दर्ता हुने संकेत बुझिएको छ,’ प्रवक्ता ठाकुरले भने।

उनका अनुसार नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्चालक तथा ओटीटी प्लेटफर्म कम्पनीलाई दर्ता प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइसकेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बिहिबार  ९ : ०२ बजे