२३ भाद्र २०८२, मंगलबार | Wed Sep 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा जेन–जी प्रदर्शनकारीद्वारा तोडफोड प्रयास



झापा। सामाजिक सञ्जाल बन्दको निर्णयको विरोधमा उत्रिएका जेन–जी प्रदर्शनकारीहरूले झापाको दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा तोडफोड प्रयास गरेका छन्।

दमक प्रहरीका एक अधिकृतका अनुसार प्रदर्शनकारीहरूले नगरपालिका क्षेत्रमा तोडफोड र आगजनी गर्दै अघि बढ्दा ओलीको घरमा ढुंगामुढा भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। ‘अहिले स्थिति नियन्त्रणमै छ तर प्रदर्शनकारी वरिपरि नै छन्,’ ती अधिकृतले भने।

प्रकाशित मिति : २२ भाद्र २०८२, सोमबार  ७ : ३१ बजे