१३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेनजी आन्दोलनमा क्षति : बीमा दाबी २० अर्ब ७० करोड भन्दा बढी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा जम्मा १ हजार ९८४ वटा दाबी दर्ता भएका छन्। यसमा सबैभन्दा बढी दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ।

शिखर इन्स्योरेन्स कम्पनीमा ३६६ वटा दाबी दर्ता भएको छ भने, दाबी रकम कुल २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ पुगेको छ। बीमा प्राधिकरणका अधिकारीले अन्य कम्पनीहरूमा पनि ठूलो संख्यामा दाबी दर्ता भएको जानकारी दिएका छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : २२ बजे