चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझदेखि निरन्तर खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
शुक्रबार साँझ करिब ६ बजेबाट सुरु भएको खुक्खा पहिरोले करिब १०० मिटर सडक ढाकेको प्रहरीले जनाएको छ । बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि अझै पनि ढुंगा–माटो खसिरहेकाले काम कठिन बनेको छ ।
डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहे पनि लगातार पहिरो खसिरहेकाले बीच–बीचमा काम रोक्नुपर्ने अवस्था आएको छ ।
सडक बन्द भएपछि सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया