६ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोपबहादुर रायमाझी फेरि कारागार फर्किए



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी फेरि कारागार फर्किएका छन्।

२४ भदौमा जेनजी आन्दोलनको प्रदर्शनका क्रममा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि मंगलबार पुनः कारागार फर्किएका कारागार स्रोतले जनाएको छ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी निस्केका थिए। देशभरका कारागारबाट झण्डै १४ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए। तीमध्ये करिब आधाजसो अहिले कारागार फर्किसकेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझीविरुद्ध मुद्दा चलिरहेको छ। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी पुर्पक्ष कैदमा छन्।

उनीसँगै सुन्धारा कारागारमा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि निस्केका थिए। तर, पाण्डे भने अहिलेसम्म कारागार फर्केका छैनन्।

प्रकाशित मिति : ६ आश्विन २०८२, मंगलबार  १ : ३९ बजे