१६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा जेन्जी युवा र प्रदेश अस्पतालबीच पाँच बुँदे सहमति



सरस्वती बुढा

सुर्खेत, असोज २४

सुर्खेतका जेन्जी युवाहरू र प्रदेश अस्पताल सुर्खेतबीच अस्पताल सेवामा देखिएका समस्या समाधानका लागि पाँच बुँदे सहमति गरिएको छ। अस्पतालका निर्देशक डा. गणेश थापाबीच भएको उक्त सहमतिले अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

सहमति अनुसार, अस्पतालले घाइतेहरूका लागि छुट्टै हस्पिटल कार्ड (Hospital Card) बनाउने र आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। साथै, अस्पतालको टोकन प्रणाली सुधार गर्दै कार्यालयीय कामकाजलाई पूर्ण रूपमा डिजिटाइज गर्ने प्रक्रियालाई तत्काल अघि बढाइने भएको छ।

त्यसैगरी, अस्पताल परिसरका शौचालय सफा राख्ने, थप व्यवस्थापन गर्ने, इमर्जेन्सीमा बिरामीहरूको अवस्थालाई हेरी कागजी प्रक्रिया सहज बनाउने, र कर्मचारीको सेवा सुधार गर्ने विषयमा पनि सहमति भएको छ।

सहमतिको अर्को बुँदामा, अस्पतालमा आएका बिरामी वा सेवाग्राहीहरूले सामना गर्नुपरेका समस्या दैनिक रूपमा समाधान गर्ने प्रतिबद्धता पनि गरिएको छ।

जेन्जी समूहका प्रतिनिधिहरूले उक्त सहमतिले अस्पताल सेवामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। निर्देशक डा. थापाले भने सहमति अनुसारका बुँदाहरूलाई तात्कालिक रूपमा कार्यान्वयनमा ल्याइने बताएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ०८ बजे