२९ पुस २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण बेस क्याम्प जानेहरूलाई रोक



म्याग्दी । गएरातिदेखिको लगातार हिमपात र वर्षाका कारण अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रा पूर्ण रूपमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार खराब मौसमका कारण अहिले आधार शिविरतर्फ जानेलाई रोक लगाइएको छ।

प्रहरीका अनुसार केही पर्यटकहरू अहिले आधार शिविरमै फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उद्धारकर्मी र इन्द्र शेरचन थकालीसहितको टोली खटिएको छ।

उक्त टोलीले अन्नपूर्ण गाउँपालिका र स्थानीय निकायसँग समन्वय गर्दै उद्धार कार्य अघि बढाइरहेको जनाएको छ।

प्रहरीले आवश्यक सहयोगका लागि कन्ट्रोल नम्बर १००, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतबहादुर पुन (९८५७६२७८२४), वडा नं. ४ का अध्यक्ष लोकबहादुर फगामी (९८६७६३९९५९) र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन (९८५७६४०२४६) लाई सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ४४ बजे