२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ एकैदिन ४ हजार ८ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको छ ।

बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २ सय ५५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ११ : १२ बजे