१५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु




नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर सिस्नेपुलमा दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकसमेत दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले दुवै जनालाई चितवनको भरतपुर अस्पतालमा पठाइएको भन्दै उनीहरुको पहिचान खुल्न नसकेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ४६ बजे