१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधिपूर्वक मनाइँदै



काठमाडौं । लोक आस्था र सूर्य उपासना पर्व छठको दोस्रो दिन आज ‘खरना’ विधिपूर्वक देशभर मनाइँदैछ।

चारदिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ सम्पन्न भइसकेपछि आज दोस्रो दिन खरनाको विधि गरिन्छ। आजका दिन व्रतालु महिलाहरूले दिनभर निर्जल व्रत बसेर साँझ सूर्य अस्ताएपछि दूध, चामल र गुडले बनेको खीर चढाएर पूजा गर्छन्।

खरनाको पूजापछि व्रतालुले प्रसाद ग्रहण गरी अर्को दिन ‘सन्ध्या अर्घ्य’का लागि तयारी थाल्ने परम्परा रहँदै आएको छ। यस पर्वमा सूर्य भगवान र छठी माईको आराधना गरी परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गरिन्छ।

छठ पर्व विशेषगरी तराईका जिल्लाहरूमा भव्य रूपमा मनाइन्छ भने हाल राजधानी काठमाडौंलगायत पहाडी क्षेत्रहरूमा पनि श्रद्धा र भक्ति सहित यसको विस्तार हुँदै गएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ८ : ४३ बजे