काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् । त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।
यसैगरी, आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेणुका काउचा मगर, सपनाराज भण्डारी जोशी, सीताकुमारी रानामगर, प्रमिला राई, लिलादेवी बोखिम लिम्बू र पुनम लामा निर्वाचित भएका छन् ।
जनजाति पुरुषतर्फ केन्द्रीय सदस्यमा तीर्थ लामा, अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ निर्वाचित भएका छन् ।









प्रतिक्रिया